• आमाको सम्झनामा मर्मश्पर्शी गीत ‘आमा मेरी आमा’

    म्यूजिक खबर
    प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

    काठमाण्डौ । नेपाली सांगीतिक धरातलमा स्व. आमाको सम्झनामा नयाँ गीत ‘आमा मेरी आमा’ सार्वजनिक भएको छ । मोती प्रसाद अर्यालको स्वर रहेको गीतमा पुस्तक प्रसादको शब्द तथा संगीत रहेको छ । उदय राज पौडेलको एरेन्ज रहेको छ ।

    आफ्नी आमा सम्झनामा गायक मोतीरामले यो गीत ल्याएका हुन् । आमाको सम्झना गर्दै मोतीले गायनमा पहिलो प्रयास गरेका हुन् । उनले गीतमा विशेषगरी आमा गुमाएकाहरूको पीडा र स्व. आमा मायादेबी अर्यालको सम्झनालाई समेट्ने प्रयास गरेका छन् ।

    दिवंगत आमाहरूप्रति समर्पित यो गीतमार्फत् मानिसको जीवनमा आमाको महत्व र ममता कति हुन्छ भन्ने कुरा देखाइएको छ ।

    प्रिन्स डेनियलले निर्देशन गरेको भिडियोमा महेन्द्र ढकाल, जयन्ती मोक्तान, इश्वरी बराल र बाल कलाकार कैराब भुषालको अभिनय देख्न सकिन्छ । सन्जय अधिकारीको छायांकन रहेको भिडियोलाई बिजय भुर्तेलले सम्पादन, कलरिङ, र मास्टरिङ गरेका हुन् । भिडियो निकै मर्मश्पर्शी बनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु