• दशैंमा आस्थाको कोशेली : ‘यानी माया’

    म्यूजिक खबर
    प्रकाशित: ३ कार्तिक २०७७, सोमबार

    काठमाडौं ।नेपाली सांगीतिक बजारमा फरक पहिचान कायम गरेकी गायिका आस्था राउतले नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
    एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’ बोलको गतिको भिडियोलाई दशैं कोशेली भन्दै सार्वजनिक गरिएको हो ।

    गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा महाराज थापाको एरेन्ज छ ।

    भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् ।

    हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

    भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    आस्थाको केही समय अघि ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको थियो । ‘यानी माया’ युवा पुस्तालाई मन पर्ने गीत बनेको आस्थाको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु