सुरेश अधिकारीको शब्द/संगीतमा आस्थाले ल्याइन् मर्मश्पर्शी गीत ‘फाट्यो नि माइतीको चिनो’

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७७, सोमबार

काठमाडौं । गायिका आस्था राउतको गीत ‘फाट्यो नि माइतीको चिनो’को भिडियो सार्वजनिक भएको छ । आस्था राउतको स्वर रहेको गीतमा संगीत तथा शब्द रचना सुरेश अधिकारीको छ ।
माइती र चेलीको सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

माइती घर छोडेर पराइघर गएकी छोरीले माइतीलाई लामो समय भेट्न नपाउँदाको बेदनालाई गीतले समेटेको छ । माइतीको अभावमा माइतीले दिएको चिनो हेरेर चित्त बुझाइरहेकी चेलिले त्यो पनि गुमाउनु पर्दाको पीडालाई मार्मिक रुपमा समेटिएको गीतको भिडियोमा दिया मास्के र मनोज जोशी फिचर्ड छन् ।भिडियो निर्देशन शान थापाले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु