‘मेरो कलिलो मन’ लिएर सांगीतिक धरातलमा आयुष्मानको आगमन

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७९, शनिबार

काठमाडौं । नेपाली सांगीतिक बजारमा नव गायक आयुष्मान बिष्ट ‘मेरो कलिलो मन’ नामको एल्बम कृती सहित भित्रिएका छन् । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतामा आयोजित कार्यक्रममा ‘मेरो कलिलो मन’ लाई विमोचित गरिएको थियो ।
कार्यक्रममा अग्रज एवं प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ्ग, वरिष्ठ संगीतकार राजु सिंह, गायक शशी गुरुङ र चर्चित तथा लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता रहेको थियो ।
विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर श्रष्टा जगत मर्दन थापाको सम्झनामा उनीद्धारा स्वरवद्ध र संगीतवद्ध रहेको तथा म.वि.वि को शब्द रचना रहेको गीत भन लौ तिमी…बोलको गीत सहित एल्वममा रहेका ५ वटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, श्रोताहरुलाई थप उत्साहित बनाएको थियो ।
कार्यक्रममा गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य दिएका थिए । प्रमुख अतिथि कुमार बस्नेतले मन्तव्यको क्रममा कलिलो उमेरमा नै गीति एल्वम सार्वजनिक गरेकामा गायक आयुष्मान विष्टको प्रशंसा गर्दै आगामी सांगितिक यात्राको सफलताको लागि शुभकामना व्यक्त गरे । सोहि क्रममा बरिष्ठ गायिका तारा थापा, बरिष्ठ संगीतकार राजु सिंह तथा चर्चित तथा लोकप्रिय नायक भुवन के.सीले शुभकामना मन्तव्य दिएका थिए ।
गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले एल्वमको सफलताको कामना सहित गायक आयुष्मान विष्टको उज्जवल सांगितिक यात्राको लागि शुभकामना व्यक्त गरे ।
आमन्त्रित अतिथिहरुलाई गीतकार मोहित मर्दन थापाले धन्यवाद व्यक्त गरे ।
गीति एल्वम कलिलो मनमा प्रभुराज ढकाल,सन्जिब सिह,मदन सिह,ज्योतिचन्द्र शाह,वसन्त सापकोटा,सुनिल सिह, मनराजा नकर्मीको संगीत रहेको छ भने जगत मर्दन थापा,सन्जिव सिह,मोहित मर्दन थापा,कुशल कुमारको शब्द रहेको छ ।
विशाल बिष्टको प्रस्तुति तथा पुष्पान्जलि थापा बिष्ट को निर्माण रहेको गीति एल्वम कलिलो मनको बजार व्यवस्थापन भने भकारी म्युजिक डेभलपमेन्ट कम्पनी प्रा.लि. ले गरेको छ ।
मनोहर सुनामको संगीत संयोजनमा सम्पन्न प्रत्यक्ष गायन कार्यक्रममा कि वोर्डमा सुनिल सिंह, अक्टो प्याडमा तेज कुमार श्रेष्ठ, बाँसुरीमा गोपालदेव घतानी, लिड गितारमा ज्योति चन्द्र शाह, ऋदम लिड गितारमा अनिष मानन्धर, वेस गितारमा संदिप गुरुङ, गितार ऋदममा आकांक्षा थापा र साउण्डमा अनुपम शर्माको साथ रहेको थियो ।
यो भन्दा अगाडी पोख्रेली कान्छी बोलको गीत मार्फत चर्चा बटुलेका आयुष्मानले आज उक्त गीत प्रत्यक्ष गाउँदा दर्शक दिर्घाबाट वान्स मोर को गुञ्नन गुन्जिएको थियो ।
नवगायक आयुष्मान बिष्टको जन्म वि.स. २०६१ साल मंसिर १७ गते आमा पुष्पान्जलि थापा बिष्ट तथा वुवा विशाल बिष्ट को सुपुत्रको रुपमा भएको थियो । जेम्स स्कुलबाट एस.ई.ई. तथा आइडियल मोडेल स्कुल धोविघाट बाट प्लस टु उत्तीर्ण गरेका आयुष्मानले आफ्नो मन्तव्यको क्रममा हजुरबुवा जगत मर्दन थापाको आशिर्वादलाई आत्मसात गर्दै आँफू निरन्तर रुपमा सांगितिक यात्रामा यात्रारत रहने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु