प्रख्यात अभिनेता एवं लेखक कादर खान को निधनले शोकमा डुब्यो बलिउड !

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७५, मंगलवार

हिन्दी सिनेमाका प्रख्यात अभिनेता एवं लेखक कादर खान ले क्यानडाको एक अस्पतालमा मृत्युवरण गरे। उनका छोरा सर्राफराजले उनको मृत्युको पुष्टि गरे। ८१ वर्षे कादर खान एक दिग्गज अभिनेता हुनुका साथै संवाद र पटकथा लेखक पनि थिए। उनको अवस्थालाई लिएर पछिल्ला दिनहरु उनी चर्चामा थिए। सामाजिक सञ्जालमा उनको मृत्युको झुठो खबर पनि फैलिएको थियो।उनी स्वास्थ् अवस्था बिग्रँदै गएपछि बलिउडका महानायक अमिताभ बच्चन तथा अभिनेत्री रविना टण्डनले पनि ट्वीट गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।८० र ९० को दशकमा कादर खान, गोविन्दा र अनिल कपुर धेरै फिल्ममा देखिएका अभिनेता थिए।

१९७३ मा राजेश खन्नाको फिल्म दागबाट बलिउडमा इन्ट्री गरेका कादर खानले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।मुम्बईस्थित यहूदी मसानघाटमा राति निकै अँध्यारो र सन्नाटा हुन्थ्यो। त्यही मसानघाटमा एक बालक सधैँ राति बसेर संवादको रियाज गरि रहथ्यो।एकरात एउटा टर्चलाइटको उज्यालो ती बालकतर्फ अघि बढ्यो र टर्च लिएका मान्छेले उनलाई सोधे, ‘यति राति यो मसानघाटमा के गरिरहेका छौंरु’ बालकले जवाफ दियो, ‘म दिनमा जे राम्रो कुरा पढ्छु। आफ्नो बाल्यकालको त्यो घटना कादर खानले फिल्ममा पनि उतारेका छन्।

राति आएर यहाँ रियाज गर्ने गर्छु।’अशरफ खान नामका ती व्यक्ति फिल्ममा काम गर्थे र उनले ती बालकलाई सोधे, ‘नाटकमा काम गर्छौरु’ ती बालक थिए, कादर खान र त्यहीँबाट उठेका कादरले दशकौं बलिउडमा राज गरे।कादर खानले १९७७ मा मुकन्दर का सिकन्दर नामको फिल्म लेखेका थिए। त्यसमा एउटा सिन थियो, जहाँ सानैमा आमा बितेपछि अमिताभ बच्चा राति मसानघाटमा पुगेर रुने गर्थे।अमिताभ राति मसानघाटमा रोएको देखेपछि त्यहीँबाट हिँडिरहेका कादर खान अमिताभलाई भन्छन्, ‘यो यात्री ९का दर खान० को एउटा कुरा याद राख्नु।

जिन्दगीको साँच्चकै मज्जा पाउँनुछ भने मृत्युसँग खेल। सुख त केही क्षणको हो। केही दिनको लागि आउँछ अनि जान्छ। दुःख त आफ्नो साथी हो। आफ्नै साथमा रहन्छ। आँशु पुछ र दुःखलाई अपनाउँ। भाग्य तिम्रो खुट्टामा हुनेछ र तिमी जमानाको बादशाह हुने छौं।’यो दृश्य कादर खानले त्यही आफ्नो घर नजिकैको मसानघाट यहूदीमा लिएका थिए।कादर खानले ७० को दशकमा संवाद लेख्नदेखि लिएर अभिनयमा निकै नाम कमाएका थिए।अमिताभ बच्चनका खुन पसिना, लवारिस, परवरिश, अमर अकबर एन्थनी, नसिब तथा कुली फिल्म बलिउडमा निकै हिट भएका थिए।

यिनै फिल्मका संवादहरुबाट अमिताभ एंग्री म्यानको लुक हुँदै बलिउडका महानायक बने। यी सबै फिल्मका सम्वाद कादर खानले नै लेखेका थिए। उनकै सम्वादहरु भन्दै अमिताभ बलिउडका महानायक बने।उनको सुरुवाती जिन्दगी भने निकै संघर्षपूर्ण रह्यो।धेरै अन्तर्वार्ताहरुमा कादर खानले अफगानिस्तानमा आफ्नो जन्मभन्दा पहिले उनका तीन भाइहरुको मृत्यु भएको बारे बताइसकेका छन्। त्यसपछि उनका आमाबुबा अफगानिस्तान छाडेर भारत बसाई सरेका थिए।भारत पसेको केहीवर्षमा उनका आमा बुबाको सम्बन्ध बिच्छेद भयो र सौतेलो बुबाका साथ कादर खानको बाल्यकाल निकै गरिबीमा बित्यो।

प्रतिकूल स्थितिका बाबजुद पनि उनले सिभिल इञ्जिनियरिङमा डिप्लोमा गरे भने मुम्बईको कलेजमा अध्यापन गराउन लागे।कलेजमा एकपटक नाटक प्रतियोगिता थियो। जहाँ नरेन्द्र बेदी र कामिनी कौशल निर्णायक थिए। त्यहाँ कादर खानले उत्कृष्ट अभिनय तथा लेखकको पुरस्कार जिते र साथै एक फिल्मको संवाद लेख्ने मौका पनि पाए, १५ सय रुपैयाँमा।फिल्म थियो, १९७२ मा आएको ‘जवानी–दिवानी’। जुन हिट भयो र उनले रफूचक्कर जस्ता अन्य फिल्ममा काम पाउन थाले।१९७४ मा निर्माता तथा निर्देशक मनमोहन देसाई र राजेश खन्नाको साथमा ‘रोटी’ फिल्ममा काम गर्ने अवसर पाउनु कादर खानका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो

।मनमोहन देसाईलाई कादर खानप्रति खासै भरोसा थिएन्। त्यसैले उनी भन्ने गर्थे, ‘तिमीहरु सायरी लेख्नका लागि त राम्रा छौं तर मलाई चाहियो यस्ता संवाद जसमा जनता ताली बजाओस्।’त्यसपछि के थियो, कादर खानले संवाद लेखेर जब मनमोहनलाई दिए तब उनी यति प्रभावित भए कि घरभित्रै गएर टेलिभिजन, २१ हजार रुपैयाँ र घाटीमा लगाएको सुनको ब्रेसलेट उनलाई दिए।पहिलो पटक कादर खानले संवाद लेखेका कारण एक लाखभन्दा बढी रकम पाएका थिए। यहीबाट सुरु भएको थियो, मनमोहन, प्रकाश मे हरा, अमिताभ बच्चन र कादर खानको सानदार सहयात्रा।

कादर खानले लेखेको फिल्महरु एकपछि अर्को गर्दै हिट हुँदै गए। जसमा अग्नीपथ, सराबी, सत्ते पे सत्तामा अमिताभ बच्चनका लागि कादर खानले गज्जब संवादहरु बुनेका थिए।संवाद लेखनसँगै कादर खानको अभिनयको करिअर पनि सुरु भयो।१९७३ को चलचित्र ‘दाग’मा एक वकिलको सामान्य भूमिकाबाट उनको अभिनय यात्रा सुरु भएको थियो। त्यसपछि उनले १९७७ मा प्रहरीको भूमिका अमिताभ बच्चनको साथमा उनले काम गरे।त्यसपछि भने उनले ‘खुन पसिना’, ‘सराबी’, ‘नसिब’, ‘कुर्बानी’जस्ता फिल्ममा उनले जबर्जस्ता खलनायकको अभिनय निभाए।

अमिताभको करिअरमा कादर खानको भूमिका महत्वपूर्ण रह्यो। एक समय दुबैबीच गहिरो मित्रता थियो।एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘म अमिताभलाई लिएर नै जाहिल नामक फिल्म बनाउँन चाहन्थे। तर त्यसअघि नै अमिताभलाई कली फिल्मको सुटिङका क्रममा चोट लाग्यो। त्यसपछि उनी राजनीतिमा लागे। त्यसपछि फिल्म कहिलै बनेन् र हाम्रो सम्बन्धमा फाटो आयो।’१९८३ सालमा कादर खानले फिल्म ‘हिम्मतवाला’ लेखे र उक्त फिल्ममा कमेडीवाला भूमिका आफ्ना लागि छुट्टाए। आफू खलनायकवाला भूमिकाबाट बाहिर आउन चाहेका कारण उनले आफ्ना लागि कमेडीवाला रोल छुट्याएका थिए।

त्यहीबाट उनको लेखनी र अभिनय दुबैमा परिवर्तन देखिन सुरु भयो। संवादमा रिसको स्थानमा हल्काफुल्का कमेडीवाला संवाद आउन थाले।९० को दशकमा भने कादर खानले लेख्ने सिलसिला कम गरे। तर, डेविड धवन र गोविन्दाका साथमा उनको जोडी खुब जम्न थाल्यो। त्यसबेला पनि संवाद उनी आफै लेख्ने गर्थे।पछिल्लो एक दशकमा स्वास्थ्य अवस्था बिग्रदै गएपछि भने उनी फिल्मी दुनियाँबाट टाढिँदै गएका थिए। उनको दिन क्यानडामा आफ्ना छोराका साथमा बित्न थालेको थियो। तीनै मसानघाटबाट उठेका कादर खान कहिलै नउठ्ने गरेर मंगलबार मसानघाट पुगेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु