• जेलबाट निस्केपछिको पलको पहिलो अन्तर्वार्ता नै विवादमा, प्रस्तोता सन्दिपको चर्को आलोचना

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०८०, सोमबार

    काठमाडौँ । अहिले अभिनेता पल शाह र कार्यक्रम प्रस्तोता एवं हाँस्य कलाकार सन्दिप क्षेत्री विवादमा आएका छन् । नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहको अन्तर्वार्ता सार्वजनिक भएसँगै यी दुईको चर्को आलोचना भएको छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए ।

    नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहको जेलबाट निस्केयता यो पहिलो अन्तरवार्ता हो ।

    अन्तर्वार्तामा उनले आफ्नो जेल जीवनका अनुभवहरू सुनाएका छन्।

    सो अनुभव सुनाउँदा कार्यक्रम प्रस्तोता रहेका सन्दिप क्षेत्रीको हासो भने रोकिएन्। जेल बसाइको वर्णन गर्दा पल भावुक भन्दा पनि बढी रोमाञ्चित देखिन्थे। पलभन्दा बढी रोमाञ्चित देखिएका थिए सन्दीप क्षेत्री।

    पलले जेलमा हुन्छु भन्ने बित्तिकै पहाड खसेजस्तो फिल भएको बताएका छन्। उनले जेल बसाइ कष्टकर भएको पनि बताएका छन्। उनले भनेका छन्, जेलको शौचालयको गन्धले तीन दिनसम्म मलाई रिंगटा चलिरहेको थियो। कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले। यति ‘ब्याड स्मेल’ आउँदो रहेछ। ट्वाइलेटको ढोका थिएन, पर्दाजस्तो मात्रै थियो त्यो पनि ५ वर्षदेखि नधोएको। गन्धले म त पागलजस्तो भएँ। त्यो पनि ‘पल दाइ आउँछ’ भन्ने थाहा भएर सफा गरेको रे।

    पलले जेलमा ५–७ वटा चेन गेट पार गरेर जाँदा जीन्दगी सकियो भन्ने लागेको पनि बताएका छन्। ुजेलमा ५–७ वटा चेन गेट पार गर्नुपर्ने हुँदो रहेछ। त्यसले नै सबैभन्दा पहिले मोरल डाउन हुने। लास्टमा ठूलो पर्खाल थियो १५र२० फिटको। त्योभित्र विल्डिङ। ठूलो पर्खालभित्र पस्ने बेला मलाई अब लाइफ सकियो भनेजस्तो भएको थियो। अलिअलि बचेको आत्मविश्वास पनि आफू सुत्ने बेड देखाएपछि माइनसमा पुग्यो’ उनले भने।

    उनले जेलमा बस्दा सबैभन्दा बढी दर्शकलाई मिस गरेको पनि बताएका छन्। फिल्म रिलिजको समयमा दर्शकसंग हत्कडी सहित फिल्म हेर्न पाए नी हुन्थ्यो भन्ने लागेको उनको भनाइ छ। उनले आफ्नो जेल बसाइ विश्वविद्यालयजस्तो भएको पनि बताएका छन्।

    तर पलले आफ्नो अनुभव हाँस्दै सुनाइरहेका थिए भने अनुभव सुनिरहेका सन्दिप हाँसिरहेका थिए। बलात्कारजस्तो मुद्दामा सफाइ पाएका पलले यसरी अनुभव यसरी सुनाउनु बलात्कार घटनामाथिको मजाक भएको भनेर सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ।

    त्यस्तै सन्दिप उक्त अनुभव सुनिरहदा हाँसोमा उडाउनु महिलामाथिको गम्भीर अपराधप्रति घिनलाग्दो सोच भएको भनि तर्क गरिरहेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु