नायिका सोभिता अब साहित्यकार पनि, ल्याउँदैछिन् उपन्यास “वराङ्गना”

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७५, शनिबार

तिन बर्ष लगाएर लेखिएको वराङगना

भाद्र २३, काठमाडौं । चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब साहित्यकार पनि बनेकी छिन । उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक हुदै छ ।

“वराङ्गना” नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले सुक्रबार आफ्नो उपन्यास वराङनाको भिडियो प्रोमो सार्वजनिक गरेकी छिन ।


तिन बर्ष लगाएर लेखिएको सोविताको वराङगनाको प्रोमोमा उनी देखीएकी छिन । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ । पछिल्ला केही समय चलचित्रमा नदेखिएकी उनले त्यस्को राज उपन्यास लेखन रहेको समेत प्रष्टाएकी छिन ।
शन्देश नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी सोविताले एक दर्जन बढी चलचित्रमा नायिकाको रूपमा काम गरिसकेकी छिन । यस्का अलावा सोविता ओशो सन्यासी पनि हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु