अदिती बुढाथोकीको पञ्जावी गीतमा राहुल लखनपालसँग रोमान्स

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७७, बुधबार

काठमाडौँ । चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी ले अभिनय गरेको पञ्जाबी गीत सार्वजनिक भएको छ । ‘रुसिया लग्दानी’ बोलको गीतमा अदितीले राहुल लखनपालसँग रोमान्स गरेकी छिन् । यो गीतका गायक पनि राहुल आफै हुन् ।

गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ । अदितीले यसअगाडि पनि पंजाबी गीतको भिडियोमा काम गरेकी थिइन् ।
अदिती यो गीत सार्वजनिक भएसँगै उत्साहित छिन् । करिब २० लाख भ्यूज पाएको गीतमा अदितीको कामको प्रशंसा भैरहेको छ । २ हजारभन्दा बढी कमेन्टमा उनको सुन्दरताको प्रशंसा गर्ने पनि धेरै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु