‘मेसो मिलाएर’ले डेढ महिना पछि पायो सहि समय, ह्वातै बढ्यो भ्यूज

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७९, सोमबार

काठमाडौं । भनाइ छ – हरेका कुराको सहि समय आउनुपर्छ, चाहेर होस् या नचाहेर त्यसले आफ्नो समयमा प्रभुत्व जमाएरै छाड्छ । यो भनाइ यतिबेला नेपाली गीतमा लागु भएको छ । डेढ महिना अगाडि रिलिज भएको गीत ‘मेसो मिलाएर’ ले यतिबेला निकै चर्चा पाइरहेको छ ।

दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको यो गीत टिकटकमा अत्याधिक रुचाइएकाले यतिबेला युट्युबमा सर्च गर्नेहरु ह्वातै बढेका छन् । टिकटकमा गीत निकै रुचाइएको छ । गीतको अंश – मनका कुरा गरौंला नि यसो मिलाएर, भोलि दिउँसो भेट्न आउ है मेसो मिलाएर’ त भाइरल नै छ ।
टिकटकमा जब यो गीतले प्राथमिकता पायो तब युट्युबमा पनि गीतले भ्युज पाउन थालेको छ । गीतको कमेन्ट बक्समा टिकटकमा सुनेर आएको भन्ने भावका कमेन्टहरु छन् । केहि दिन अघि सम्म खासै भ्युज नपाएको यो गीतले यो समाचार तयार पारिरहँदा झण्डै ८ लाख भ्यूज पाइसकेको छ ।
गीतको रचना अनुसार शब्द संगीत रहेको भनेर गीतको प्रशंसा गरिएको छ ।

मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा राज कटुवाल र श्रद्धा क्षेत्रीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु