लामो समयपछि समिक्षाले शेयर गरिन् गम्भीर तस्बिर र भावुक स्टाटस

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

काठमाडौं । गायिका समिक्षा अधिकारीले भाबुक स्टाटस लेखेकी छन् । गायिकाले आफ्नो स्टाटसमा कसैलाई जिताउनका लागि आफू हार्न पनि सक्ने आशय व्यक्त गरेकी छन् । स्टाटससँगै उनले गम्भीर मुद्राको ताजा तस्बिर समेत शेयर गरेकी छन् । गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् ।

दुई महिना ११ दिनपछि गायिका समिक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु भन्दै स्टाटस लेखेकी हुन् ।

उनको स्टाटस हेर्दा आफ्नो प्रेमीको जीतको लागि आफू तयार भएको बुझ्न सकिन्छ । उनले कसलाई लक्षित गरेर लेखेकी हुन् भनेर कमेन्टमा एक किसिमको अनुमान गरिएका छन् । कमेन्टमा अधिकांशले विगत बिर्सेर आफूलाई सम्हालेर अगाडि बढाउन सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु