अक्षयले गरे एक सय ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७८, बुधबार
akchaya-twinkal

एजेन्सी । कोरोनाको दोस्रो लहर फैलिएपछि भारतको सार्वजनिक जीवन नाजुक बनेको छ। दैनिक तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्, स्वास्थ्य संस्थामा बेड, अक्सिजन सिलिन्डर र औषधिजस्ता अत्यावश्यक कुराको अभाव देखिएको छ।

यस्तो संकटमा सहयोग गर्न अग्रसर हुनेको पनि कमी भने छैन। अन्य क्षेत्रका मानिसजस्तै धेरै भारतीय सेलिब्रेटीहरुले पनि कोरोनासँग जुध्न अग्रसरता लिएको खबर भारतीय सञ्चारमाध्यममा आइरहेका छन्।

कलाकारहरुको भीडमा बलिउड अभिनेता अक्षय कुमार र लेखक तथा अभिनेत्री ट्विंकल खन्नाले सय वटा अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने खबर बलिउड हंगामाले छापेको छ। अक्सिजन कन्सन्ट्रेटरले हावाबाट नाइट्रोजन फिल्टर गरेर अक्सिजन छान्ने काम गर्छ।

यसै सन्दर्भमा ट्विंकलले सामाजिक सञ्जालमा मंगलबार लेखेकी छन्, एकदमै सुखद खबर( लन्डनका एलिट हेल्थ दैविक फाउन्डेसनका दुई जना डाक्टरले १२० वटा अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्ने भएका छन्। यसमा अक्षय कुमार र मैले थप सय वटा अक्सिजन कन्सन्ट्रेटर्स थपेर सहायताको हात बढाउने निर्णय लिएका छौं। यसपछि हामीसँग २२० अक्सिजन कन्सन्ट्रेटर्स उपलब्ध हुनेछ। तपाईंहरुको अग्रसरताका लागि धन्यवाद। हामी सबैले आफूले सकेको गरौं।ु

ट्विंकलले आफ्नो इन्स्टाग्राम क्याप्सनमा सकारात्मक हुँदै लेखेकी छन्, ुमलाई लाग्छ गत केही हप्तादेखि मेरो आफ्नै परिवारका केही सदस्य बिरामी भएकोले म अलि निराश थिएँ। तर म लामो समय त्यसरी बस्न सकिनँ। म तपाईंहरुलाई मनैदेखि आग्रह गर्छु आफ्नै तरिकाले जे जसरी सहयोग गर्न सक्नुहुन्छ गर्नुस् ताकि यो अन्धकार क्षणलाई फर्केर हेर्दा खराब अवस्थामा पनि हामीभित्रको सबैभन्दा सशक्त पक्ष देखियोस्।ु

उनले सबै एकजुट हुँदा संकटसँग जुध्न सकिने र चाँडै राम्रो अवस्था पक्कै आउने आशा पनि व्यक्त गरेकी छन्। यसअघि ट्विंकलले एक सय वटा अक्सिजन कन्सन्ट्रेटर्स भरोसायोग्य गैरसरकारी निकायबारे जानकारी माग्दै ट्विट गरेकी थिइन्।

भारतमा अक्सिजनको अभावले बिरामीको उपचारमा समस्या भइरहेको समयमा अक्षय र ट्विंकलको यो कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

यसअघि अक्षय कुमारले पूर्वक्रिकेटर गौतम गंभीरको गरिब गुरुवालाई खाना बन्दोबस्त गर्ने संस्थालाई एक करोड भारु सहयोग गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु