‘घुइँचो’मा एलिजा अनुबन्धित

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७८, बुधबार

काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम फिल्म ‘घुइँचो’मा अनुबन्धित भएकी छन् । डेब्यू फिल्म ‘अनुराग’ पछि उनले यो फिल्ममा अभिनयको सम्झौता गरेकी हुन् । ‘घुइँचो’ अघि ‘घिन्ताङ’मा अभिनयको सम्झौता गरे पनि अन्तिम समयमा आएर उनले हात झिकेकी थिइन् ।

क्यानडाबाट फर्किएको केही समयपछि एलिजा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुइँचो’मा पक्कापक्की भएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएकाले काम गर्न इच्छुक भएको खुलाइन् । निर्माता दैलेखीले अन्य कलाकार पनि चाँडै फाइनल हुने जानकारी दिए ।

‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुइँचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ,’ दैलेखीले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु