साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा एक लाख राशी सहित सम्मानित हुने

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७९, सोमबार

काठमाडौं । अमर नेम्बाङ स्मृति प्रतिष्ठानले यस वर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई सम्मानित गर्ने भएको छ । फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशीको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारद्वयलाई दिने निर्णय गरेको हो ।
अमर नेम्बाङ लिम्बुको चौथो स्मृति दिवसको अवसरमा प्रदान गर्न लागिएको सम्मान यसअघि ०७६ सालमा डा। देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा, ०७७ सालमा डा। गोविन्दराज भट्टराई र वीर नेम्बाङ र ०७८ सालमा शारदा सुब्बा र बिनाथिङ तामाङलाई प्रदान गरिएको थियो ।

पुरस्कार यही माघ २६ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु