‘मेरो देश नेपाल’ भन्दै ६ बर्षे बालिका रबिना बसेल (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७६, शनिबार

काठमाडौँ । बरिष्ट भर्सटाइल गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा राष्ट्रिय बाल गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरेकी छिन् । गीतमा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । राष्ट्रिय भाबले ओतप्रोत भएको गीतलाई उनले आकर्षक ढंगले गाएकी थिइन् । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ । चर्चित गायक तथा कम्पोजर रमेश श्रेष्ठ मेलोडीको संगीत तथा सन्दिप कार्कीको एरेन्ज रहेको यस गितको म्युजिक भिडियोलाइ राष्ट्रिय सम्पदा सस्कृतिलाइ राजन कार्कीले आकर्षक तरिकाले एनिमेसन तथा सम्पदान गरेका छन् भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन । प्रतिभाकि धनि बाल गायिका रबिनालाई गायक रमेश श्रेष्ठ मेलोडीले गुल्मी महोत्सबमा भेट्टाएर उनको प्रतिभालाइ पहिचान गरि काठमाडौँ सम्म ल्याएका हुन् । हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु