• प्रम. केपी ओलीद्वारा बच्चन परिवारलाई स्वास्थ्य लाभको कामना

    म्यूजिक खबर
    प्रकाशित: २८ असार २०७७, आईतवार
    amithabh_bachhan_family

    एजेन्सी । बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि परीक्षण गर्दा परिवारका अन्य सदस्यमा पनि सङ्क्रमण देखिएको छ। अभिषेककी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्यालाई पनि कोरोनाभाइरस देखिएको हो।

    बच्चन परिवारलाई हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसमा बलीवुडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न क्षेत्रका मानिसहरू छन्।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिट्वरमार्फत् उनीहरूको स्वास्थ्यलाभको कामना गरेका छन्।

    ट्विटरमा अमिताभ बच्चनका चार करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन्।

    उनी ७७ वर्षका छन्। पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका उनले २०० वटा चलचित्रमा अभिनय गरेका छन्।
    अमिताभ र अभिषेकलाई सामान्य लक्ष्ण देखिएको जनाएका छन्। कोरोना रिपोर्ट पोजेटिभ आएपनि ऐश्वर्या र आराध्यलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु