अञ्जु पन्तको स्वरमा ‘कस्तो अनौठो’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘कस्तो अनौठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा सुजल मादेन शब्द रहेको उक्त गीतमा निश्चल प्रेम राईको संगीत रहेको छ भने प्रमोद परियार एरेन्ज रहेको छ । ‘कस्तो अनौठो’ बोलको गीतको भिडियोलाई निश्चल प्रेम राईले निर्देशन गरेको हुन भने सोही गीतको भिडियोमा सोना पालुङ र पुस्कर दाहालको अभिनय रहेको छ ।

उक्त गीतमा मिक्सिङ–मास्टरिङ चन्द्र चौधरी, क्यामेरा बुद्ध थापाको रहेको भने सोही गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । ‘कस्तो अनौठो’ बोलको गीतलाई ओएस आरको युट्युवच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु