![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
भाद्र १२, बोस्टन। मेलोडि क्वीनको उपमाले प्रसिद्धि कमाएकी गायिका अन्जुले तीजको उपलक्ष्यमा रातो सारी लाएर महिला दिदीबहिनीहरुलाई नचाएकी छिन् । Nepal Women’s Global Network New England Chapter (NWGN-NE) को आयोजनामा बोस्टनमा अन्जु पन्तको एकल साँझ समापन भएको छ । तीजको उपलक्ष्यमा भएको सो कार्यक्रममा उनले थुप्रै हिट गीतहरु प्रस्तुत गरेकी थिइन् । उनको हरेक प्रस्तुतिलाई दर्शक श्रोताले नाचेर साथ दिएका थिए ।