अन्जुको स्वरमा गीतकार इन्दिराको ‘चोखो माया’ को रेकर्ड सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

काठमाडौं । कोरोनका भाईरसको त्रासमा नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै छन् । यस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ । गीतकार इन्दिरा बोगटीको शब्दलाई सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा गीत रेकर्ड भएको हो । गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ ।
प्रेममा आधारित सेन्टीमेन्टल रहेको बताउँदै गायक संगीतकार चिरन्जीले शब्दहरु अत्यन्तै मन छुने भएकाले नै अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरीएको बताए ।
‘गीतको मेल भर्सनमा भने दिपेन्द्र सोनामले गाउने तयारी भइरहेको छ ‘- गीतकार इन्दिराले बताइन् । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै ए कान्छी गीत सार्वजनिक भएको थियो ।

#ANJU_Panta #Chiranjibi_Bhandari

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु