अनमोलसँग फिल्म गरेर आफ्नो भाग्य चम्काउने भिडमा अभिनेत्री उपासनासिंह ठकुरी

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार

काठमाडौं : अनमोलसँग फिल्म ‘क्याप्टेन’ अभिनय गरेकी हुन् । जुन फिल्म भोली शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेपछि केही अभिनेत्री हिट भएका छन् । सायद त्यसैले पनि अनमोलसँग फिल्म खेल्न अभिनेत्री मरिहत्ते गर्ने गर्दछन् ।
उपसानाको यो डेब्यु फिल्म हो । सानैदेखि फिल्म अभिनय रुचि भएको बताउने उनी ‘क्याप्टेन’बाट आफु स्थापित हुनेमा ढुक्क रहेको बताइन् । उनले भनिन्- ‘कथाको मागअनुसार शतप्रतिसत अभिनय दिएकी छु । दर्शकलाई मनपर्न सक्छ ।
केही दिन अगाडि ‘क्याप्टेन’ को प्रचार प्रसारको क्रममा भेटिएकी उपसनाले अनमोलसँग काम गरेपछि भाग्य चम्किन्छ भन्ने सोच गलत भएको बताइन् । ‘अनमोलसँग काम गर्न पाउनु भाग्यको कुरा हो । तर अभिनयमा चम्किने वा नचम्किने भन्ने कुरा आफ्नो कामले निर्भर गर्छ’ उनले थपिन् ।
सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको ‘क्याप्टेन’ फुटबल खेलको बिषयमा बनेको फिल्म हो । फिल्मको बिषयवस्तु र कलाकार राम्रा भएकाले ब्यवसाय पनि हुन सक्ने उनले अनुमान लगाइन् ।
क्याप्टेन’ दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानी रहेको फिल्ममा अनमोल, उपासनाको अलवा र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु