‘मिस इको इन्टरनेशनल’ भाग लिन इजिप्ट उडिन् अनुश्मा

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

काठमाडौँ । ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’ की बिजेता अनुश्मा रायमाझी इजिप्ट उडेकी छन् । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’ मा सहभागी हुन उनी आइतबार साँझ इजिप्ट उडेकी हुन् ।

६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी हुन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो । उनलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मिडियाका सिइयो प्रविन लाकौल र कोरियोग्राफर अनिला श्रेष्ठ पुगेका थिए ।

२१ वर्षीय रायमाझीले ‘मिस इको इन्टरनेशनल’को ताज नेपाल भित्र्याउने उदेश्य सहित आफु सहभागि हुन लागेको बताइन् ।
१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियो सहित त्यस तर्फ उडेकी हुन् । प्रतियोगिताका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार गरेकी हुन् ।

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई २०१५ इजिप्टदेखि सुरु गरेको प्रतियोगीताको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
कोरियोग्राफर अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा समेत रहेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु