
काठमाडौं । गीतकार अर्जुनरत्न भिखारीको एकल शब्द र संगीतकार सुनिल मास्केको एकल संगीत रहेको ‘पञ्चामृत’ एल्बमभित्रको एक गीत हो ‘काजल’ । सोही गीतको म्यूजिक भिडियो यतिखेर सार्वजनिक भएको छ । सुरेश लामाको स्वरमा रहेको ‘काजल’ को म्यूजिक भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र समिर खनालको अभिनय रहेको छ ।
‘काजल’ मा सञ्जीव बराइलीले संगीत संयोजन रहेको छ भने भिडियोलाई युवराज वाइबा निर्देशन गरेका छन् । भिडियोमा उत्सव दाहालको छांयाकन र विकास दाहालको सम्पादन रहेको छ ।