गीतसंगीतसँगै समाजको व्यंग्य गर्दै ‘अर्थको अनर्थ’

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । नेपाली समाजमा पछिल्लो समय घटेका घटनाक्रमका केही अंशलाई लिएर निर्माण गरिएको व्यंग्यात्मक लघु चलचित्र ‘अर्थको अनर्थ’ आजबाट सार्वजनिक भएको छ । पछिल्लो समय हुने मेला महोत्सव वा कन्सर्टलाई पनि केही क्षण हानेजस्तो, राजनीतिलाई पनि छोएजस्तो, समावेशी जातीय मुद्दा र समाजको धनी वर्ग वा भाषा साहित्य कलासंस्कृतिसँग नजिक भएजस्तो देखिने हाँस्य लघु चलचित्रका रुपमा निर्माण गरिएको अर्थको अनर्थले एउटा समाजको पूर्ण व्यंग्य गरेको देखिन्छ । एरेन्जरका रुपमा परिचय स्थापित गरेका विनोद बाजुरालीको लेखन तथा निर्देशनमा तयार भएको हो ‘अर्थको अनर्थ’ ।

हरिष महरा र राजेश घिमिरेको छायाँकनमा निर्माण भएको लघु चलचित्र अर्थको अनर्थमा मन्जिता केसी, रामु खड्का, विनोद बाजुराली, तेजश रेग्मी, महेन्द्र गौतम, भीम थापा, करण साउद, सुमन परियार, दीपक संगम, टेक बुढा, विनिता खड्का, विष्णु चरण शाही, कल्पना, राम गोपाली, ज्ञानु पुनमगर, खिमराज संगीतको अभिनय रहेको छ । अमर शाक्यको सम्पादन रहेको यस लघु चलचित्रलाई मालती डिजिटलले निर्माण तथा बजार व्यवस्थापन गरेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु