कलाकार भुवन केसी, रवीन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०७९, मंगलवार

काठमाण्डौ । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रवीन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको मुखैमा चर्चित कलाकार कांग्रेस प्रवेश गरेका हुन् ।

चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले बताए ।

यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।

कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए । यो प्रस्ताव उनले सभापतिसमेत रहेका देउवासमक्ष पनि राखेका थिए । कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर आफू प्रवेश गरेको केसी र खड्काद्वयले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु