किन फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७६, सोमबार

काठमाडौं। जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’ ‘सत्य सत्य’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा मानस थापाको शब्द, प्रविन पौडेलको संगीत र सुगम पोखरेलको स्वर रहेको छ। फिल्म रिलिजको केही दिनपछि यो गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की अभिनय रहेको छ । आर्यन र प्रियंकाको केमेस्टीलाई गज्जब तरिकाले भिडियोमा उतारिएको छ। यस गीतलाई कथा खुल्ने भन्दै निर्माण पक्षले सार्वजनिक गरेको थिएन। प्रदर्शनरत फिल्ममा दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन्। उनको गेटअप र अभिनयले दर्शकलाई रुझाएका छन्। स्वस्तिमा खड्का र सलोन बस्नेतले पनि दर्शकलाई बाधेर राख्छन। यसअघि पब्लिसिटीबाट लुकाइएको प्रियंकालाई निर्माण पक्षले यसबाट बाहिर ल्याएको छ। फिल्ममा प्रियंका शिर्ष भूमिकामा छन् ।

तर निर्माण पक्षले ट्रेलर, पोष्टर लगायतका प्रचार सामाग्रीमा प्रियंकालाई समावेश गरेको थिएन् । फिल्म नहेरेका दर्शकले गीत सार्वजनिक भएसँगै प्रियंका फिल्ममा रहेको जानकारी पाएका छन् भने फिल्म हेर्न पुगेका दर्शकको लागि प्रियंका सरप्राइजको रुपमा रहेकी छन् । सार्वजनिक गीतलाई सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको हो । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । प्रेम कथामा भनियको यो चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेश प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु