सम्झनाको नेतृत्वमा म्यूजिक भिडियो कलाकार संघ

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०८०, आईतवार
Samjhana Budhathoki

काठमाडौं । कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको छैठौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट सम्झना बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । मोडल अन्जु निरौलाले स्थापना गरेको संस्थाको साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

चर्चित मोडल सम्झना बुढाथोकीको अध्यक्षतामा १७ कार्यसमितिको चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम, उपाध्यक्षमा शिवन पोखरेल निर्वाचित भए । उपाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेकोमा शिवन अत्याधिक मतले विजयी भएका थिए । त्यस्तै महिला उपाध्यक्षमा मञ्जिता केसी, महासचिवमा सुनिल लामिछाने निर्वाचित भए । सचिवमा बिमल अधिकारी, महिला सचिवमा सारिका केसी, कोषाध्यक्षमा देबेन्द्र क्षत्री निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्य पदमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम अत्याधिक मतले बिजयी भएका छन् भने महिला सदस्यहरुमा उषा सुबेदी र सञ्चिता शाही अत्याधिक मतले बिजयी भएका हुन् ।

उपाध्यक्ष पद, सचिव पद, खुला सदस्य पद र महिला सदस्य पदमा सहमती हुन नसकेपछि मतदान गरिएको थियो भने अन्य पदहरुमा भने निर्बिरोध निर्वाचित भएका थिए ।
संघका तत्कालिन अध्यक्ष लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघ नेपालका अध्यक्ष बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, रेडियो नेपालका बोर्ड सदस्य सिताराम पोखरेल, सांगीतिक संघका महासचिव सुमन बैरागी, टेली चलचित्रकर्मी संघका महासचिव बाबुराजा केसी ‘उज्ज्वल’, लगायत थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सोही संस्थाका संस्थापक अध्यक्ष अञ्जु निरौला, बरिष्ठ कलाकार बिनोद श्रेष्ठ, बरिष्ठ कलाकार सरु बिस्ट, कलाकार सगुन श्रेष्ठ, कलाकार रञ्जन रिजाललाई सम्मान गरिएको थियो भने संघको उत्कृष्ट सदस्यका रुपमा सनम कठायतलाई सम्मान गरिएको थियो ।
निर्वाचन समितीको संयोजकका रुपमा अधिवक्ता सेमन्तमणी खराल रहेका थिए भने बाबुराजा केसी ‘उज्जवल’, हरी डाँगी, हुम गैरे लगायत अन्य ब्यक्ति निर्वाचन समितीका सदस्यका रुपमा रहेका थिए ।
निर्वाचन सकिए पश्चात नवनिर्वाचित अध्यक्ष सम्झना बुढाथोकीले संस्थालाई पृथक तरिकाले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै सबैले साथ सहयोग गरिदिन अनुरोध गरेकी थिईन् । कार्यक्रम समापनको बेला शंकर बिसीले भने– ‘आफु निवर्तमान भए पनि संस्था बाहिर भएको अनुभुती गराउने छैन, संस्थालाई आफुले सकेको सहयोग गर्नेछु ।’ उनले संस्थालाई आवश्यक पर्दा सदैव सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु