अभय र रेश्माको ‘मार्यो मार्यो’ मा शंकर र कबिताको ठुम्का

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७८, मंगलवार

काठमाडौं । गायक अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा ‘मार्यो मार्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभयकै शब्द तथा संगीत छ । अमेरिकाको न्यूयोर्क स्थित रोबोट स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका हुन् ।

आर्टिस्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा शंकर बिसिको निर्देशन र कोरियोग्राफी छ । भिडियोमा शंकर बिसी, कविता न्यौपाने र नबराज पौडेल फिचर्ड छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु