राजधानीमा ‘सानो मन’ भव्य प्रिमियर (फोटोहरु सहित)

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

काठमाण्डौ। बिहिवार साँझ राजधानी काठमाण्डौमा नेपाली चलचित्र ‘सानो मन’को भव्य प्रिमियर भएको छ । करिव पाँच सय जनाको उपस्थितीमा भएको प्रिमियरमा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिती थियो । प्रिमियर पश्चात चलचित्रकर्मीहरु तथा अन्य दर्शकले दिएको प्रतिक्रियाबाट चलचित्र यूनिट उत्साहित थियो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्देशक सुयोग गुरुङ्गले भने, ‘चलचित्र हेरेपछि पाएको प्रतिक्रियाले मलाई ‘नर्भस’ बनाएको छ । मेहनतको कदर हुँदा खुशीले बोल्नै आईरहेको छैन । मैले मेरो क्षमताको साठी प्रतिशत मात्र काम गरेको छु जस्तो लागेको थियो तर मैले सय प्रतिशत नै काम गरेको रहेछु भन्ने भईरहेको छ ।
चलचित्र क्षेत्रका चर्चित व्यक्तिहरुले चलचित्र हेरेपछि मलाई अँगालो हालेर रुनुभयो । यसबाट मैले केहि राम्रो गरेको रहेछु भन्ने महशुस भयो’ ।
नायिका शिल्पा मास्केलले नयाँ निर्देशकबाट यति धेरै अपेक्षा नगरेको भएता पनि प्रमाणित गरेको बताईन् । उनले भनिन्, ‘सुयोग(निर्देशक)बाट मैले यति अपेक्षा नै गरेको थिइन तर म चलचित्र हेरेपछि ‘नर्भस’ छु । यो सफलताको प्रमूख श्रेय निर्देशकलाई नै जान्छ’ ।
नायक आयुष्मान देशराज जोशीले निर्देशकको ‘कन्फिडेन्स’ले नै चलचित्र बनेको बताए । ‘हरेक शट लिनुअघि निर्देशकले गहन रुपमा सोच्नुहुन्थ्यो । शुरुदेखी नै डेब्यू निर्देशकमा ‘कन्फिडेन्स’ थियो’ ।
‘सानो मन’ शुक्रबारदेखी देशैभरका मल्टिप्लेक्स सहित सिंगल स्क्रिनहरुमा एकसाथ रिलीज भएको छ । चलचित्र ‘म्यूजिकल लभ स्टोरी’मा बनेको छ । बिशेषत: युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको ‘सानो मन’लाई हरेक उमेर समूहका दर्शकले चलचित्रलाई उत्तिकै रुचाउने अनुमान गरिएको छ ।
यो चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यसै चलचित्रबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि.ओ.पि. रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु