• प्रेम दिवसको छेकोमा बद्री र लक्ष्मीको गीतमा शंकर र निताको ‘म्वाईं’ हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २६ माघ २०७५, शनिबार

    प्रत्येक बर्षको फ्रेबुअरी १४ तारिखमा मनाईने भ्यालेन्टाइन डेको सप्ताह फ्रेबुअरी ७ देखि नै शुरु हुन्छ । ७ तारिक देखि १४ तारिक सम्म प्रेमका नाममा प्रत्येक दिनलार्ई अनेक नाम दिंदै प्रेम दिवस सप्ताह मनाउने चलन छ । पाश्चात्य सभ्यतामा निकै विशेष र लोकप्रिय मानिने भ्यालेन्टाइन डेको दिवस पछिल्लो समयमा नेपालमा युवा पुस्ता माझ उतिकै प्रिय बन्दै गइरहेको छ । यसै दिवसको छेको पारेर चर्चित गायक बद्रि पंगेनी र गायिका लक्ष्मी बानियाँले ‘म्वाईं’ गीत लिएर आएका छन् ।

    सामाजिक सञ्जाल युट्युब मार्फत केही समय अगाडि मात्र सार्वजनिक भएको यस गीतमा शब्द संगीत नै एक नारायण भण्डारीको रहेको छ । चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका निता ढुङ्गानाको निकै नै राम्रो अभिनय रहेको छ । गीत सार्वजनिक भएसँगै शब्द लय एरेन्ज, गायन र अभिनयमा जोडिएका स्रष्टा तथा कलाकारहरुले सकारात्मक चर्चा पाएका छन् ।

    गीतमा सिनेमाटोग्राफर मधुर बस्नेत र शम्भु चालिसे रहेका छन् भने नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतलाई शंकर बिसी निर्देशन गरेका हुन् ।गीतलाई भ्यालेन्टाइन सप्ताह अन्तर्गतको फेबुवरी ८ अर्थात् प्रपोज डेका दिन सार्वजनिक गरिएको हो ।

    हेर्नुहोस् भिडियो


    यो पनि पढ्नुहोस्

    बद्री पंगेनी र स्वस्तिका तिमील्सीनाको स्वरमा पन्चेबाजा गीत सार्वजनिक (भिडियो सहित)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु