• ‘झलकमान लोक संगीत सम्मान–२०७९’ बाट पंगेनी सम्मानित हुने

    म्यूजिक खबर
    प्रकाशित: ५ बैशाख २०८०, मंगलवार

    काठमाडौं । नेपाली लोक तथा र दोहोरीगीत गायनमा तीन दशक लामो योगदान दिएर समग्र लोक संगीतलाई एउटा माधुर्य उचाइ दिएका गायक बद्री पंगेनी लाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ ।

    बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं संस्करण समारोह का बिच रु २५ हजार नगद सहित बिन्ध्यवासिनि फाउन्डेसन ले यो सम्मान गर्न लागेको हो । लाईफ टाईम अचिभमेन्ट अवार्ड,संगीत साधना सम्मान,प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारीता सम्मान का अतिरिक्त यो बर्ष बाट झलकमान लोक संगीत सम्मान को बिधा थप भयको कुरा आयोजक संस्थाले जनाएको छ ।
    अग्रज लाई सम्मान र अनुजलाई प्रोत्साहन को मुल नारा सहित सुरु भयको बिन्ध्यवासीनि म्युजिक अवार्ड को १३औ शंस्करण आगामी बैशाख २२ गते सम्पन्न हुने कुरा फाउन्डेसन ले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु