कविता अर्यालको सन्देशमूलक तिज गीत ‘बज्यै बुहारी’

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘बज्यै बुहारी’ सार्वजनिक भएको छ । गायिका अर्यालको शब्द तथा संगीतमा रहेको यस गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गायिका अर्याललाई लक्ष्मी ज्ञवालीले स्वरमा साथ दिएकी छन् । गीतको रेकर्डिङ गोविन्द बाजुराली एवं सागर बाजुरालीले गरेका छन् भने खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । गीतलाई मालश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

यस गीतको भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका छन् । करण चैंसिरको छायाँकन रहेको यस गीतको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् । यस गीतको भिडियोमा लक्ष्मी गिरी, कविता अर्याल, पुनम खड्का, लक्ष्मी ज्ञवाली, गोमा न्यौपाने, माया भण्डारी लगायतकाले अभिनय रहेका छन् ।

गायिका कविता अर्यालको यस गीतमा सासु बुहारीको सम्बन्धलाई उजागर गरिएको छ । बुहारीले राम्रो रोल खेलेमा नबुझ्ने सासु पनि बुझ्ने हुन्छन् र परिवारमा खुशी छाउँछ भन्ने कुरालाई गीतमार्फत व्यक्त गरिएको छ । सधैंभरि एक अर्कालाई दोष दिने मात्र गरियो अब समाधानको लागि उपाय पनि निकाल्नु पर्छ र सासु बुहारी भनेका आमा छोरी हुन् भन्ने सन्देश दिन खोजिएको छ ।

गायिका कविता अर्याल पाल्पामा रामपुरमा जन्मिएकी हुन् । शिक्षण पेशामा आबद्ध रहेकी उनी न्यू मिलेनियम स्कुल इमाडोलकी प्रिन्सिपल हुने । पाल्पाबाट नै प्राथमिक शिक्षा लिएकी गायिका अर्यालको रुचि भने आर्मी, एयरहोस्टेज या शिक्षक हुने थियो । तर शिक्षण पेशालाई सामाजिक रुपमा स्थापित गरेकी गायिका अर्यालले यसभन्दा अगाडि पनि केही गीतहरु सार्वजनिक गरिसकेकी छन् । अध्ययनमा स्नातकोत्तरसम्म गरेकी उनी अमेरिका युरोप लगायतका विकसित मुलुकमा पुगेर त्यहाँको वस्तुस्थिति अनुसार नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचमा छिन् । उनले पाँच भाइले बोलायो, मेरी छुनुमुनु, सेनिटाइजर घसेर, टिकटक जस्ता गीतहरुमा पनि स्वर दिइसकेकी छन् । ‘बज्यै बुहारी’ गीतलाई गायिका कविता अर्यालकै अफिसियल यूट्यूबबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु