• लोकदोहोरीको मर्म बिपरीत गीत गाएको आरोपमा गायक बराल प्रतिष्ठानबाट निलम्बित

    म्यूजिक खबर
    प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार

    काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गायक बालचन्द्र बराललाई निलम्बन गरेको छ। प्रतिष्ठानका अध्यक्ष रिता थापाको अध्यक्षतामा आज (बिहिबार) बसेको आकस्मिक बैठकले कार्यसमिति सदस्यसमेत रहेका बरालले लाइभ दोहोरीका नाममा प्रतिष्ठानको विधान र नेपाली लोक संस्कृतीको मर्मविपरित उच्छृङखल शैलिमा प्रस्तुती दिएको भन्दै निलम्बन गरेको हो।

    लाइभ दोहोरीका नाममा बराल अमर्यादित ढंगले प्रस्तुत भएको प्रतिष्ठानको भनाइ छ । निलम्बन हुने ६ महिनाको अवधिमा बरालले प्रतिष्ठानसँग सम्बन्धित जिल्ला, प्रदेश, केन्द्रसहितका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन पाउने छैनन् ।

    अर्मादित ढंगले पेश हुने अन्य कलाकारलाई पनि यसरी सचेत गराइएको अध्यक्ष थापाले बताइन् । अध्यक्षसहित प्रतिष्ठानका पदाधिकारीले बिहीबार अपरान्ह गृह मन्त्रालयमा पुगेर समाजमा अपाच्य हुने खालका गतिविधिमा रोक लगाउनको लागि भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

    यसका लागि कानुन व्यवसायीसँग पनि परामर्श भइरहेको अध्यक्ष मगरको भनाइ छ । प्रतिष्ठानले गत साता विज्ञप्तिमार्फत लाइभ दोहोरीको नाममा छाडा रुपमा प्रस्तुत नहुन सचेत गरेको थियो ।

    उनको प्रस्तुतीलाई लिएर चौतर्फी आलोचना भएपछी प्रतिष्ठानले बराललाई यसअघी पनि सचेत गराएको थियो। तर पनि उनले अटेर गरी गीतसंगीतको मर्ममाथी प्रहार गर्न नछाडेपछी आज आकस्मिक बैठक बसी निलम्बन गरिएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक एवं लोक तथा दोहोरी गायक राजकुमार रायमाझीले जानकारी दिए ।

    रायमाझीका अनुसार बराललाई ६ महिनाका लागी निलम्बन गरिएको हो। यो अवधीमा बरालले प्रतिष्ठानसँग संबन्धित जिल्ला,प्रदेश, केन्द्रसहितका सम्पुर्ण राष्ट्रीय तथा अन्तराष्ट्रिय गतिविधीमा सहभागि हुन पाउने छैनन्।

    साथै, प्रतिष्ठानले सोही क्रियाकलापमा संलग्न अन्य केही कलाकारहरु तथा लाइभ दोहोरी सञ्चालकहरुलाई पनि सचेत गराएको छ। उनिहरुले पनि प्रतिष्ठान र नेपाली लोक संस्कृतीको मर्मविपरितका गतिविधीमा निरन्तर लागिरहे बराललाई जस्तै आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु