आँखामा ‘गाजलु’ भन्दै आइन बर्ष (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । रोशनी थापाको स्वरमा ‘आँखामा गाजलु’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतको भिडियोमा वर्षा राउत, मेलिसा खड्का र निराजन प्रधानलाई अभिनय रहेको छ । भिडियोमा वर्षा राउत, निराजन प्रधान, र मेलिसाको रोमान्स देख्न सकिन्छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने सोही गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

‘आँखामा गाजलु’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी र टिमले खिचेका हुन् । ‘आँखामा गाजलु’ बोलको गीतलाई ओएस आर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु