• ‘न आशा भो तिम्रो’ भन्दै आए बसन्त, राजु र गंगा

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७७, बुधबार

    काठमाडौं । गीतकार बसन्त वित्यासी थापाको शब्द रहेको गीत ‘न आशा भो तिम्रो’ सार्वजनिक भएको छ । राजु सिंहको सङ्गीत निर्देशन, गंगा देवी महर्जनको स्वर र फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    गीतकार वसन्त वित्यासी थापा र सङ्गीतकार राजु सिंहका सङ्गीतमा रहेका थुप्रै गीत लोकप्रिय रहेको छन् । यो जोडीका गीतलाई स्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । यही जोडीको अर्को गीत ‘न आशा भो तिम्रो’ स्रोता/दर्शकमाझ आएको हो ।

    अभिनव जोशीको निर्देशन रहेको ‘न आशा भो तिम्रो’ गीतको भिडियोमा सुष्मा कार्की र राजिव जंग बस्नेतको अभिनय रहेको छ भने छायाँकन तथा सम्पादन मनोज रत्न शाहीको छ ।

    नेपाल भाषाको साङ्गीतिक, भाषिक तथा पत्रकारिता क्षेत्रमा आफ्नो छाप छाडेकी गायिका गंगा महर्जनको स्वरमा सजिएको यो पहिलो नेपाली भाषाको गीत हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु