साकारलाई सम्मान, लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७८, आईतवार

काठमाडौं । वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान प्रदान गरिएको छ ।

यसैगरी वरिष्ठ कविहरु राधेश्याम लेकालीलाई २०७७ सालको र मोमिला जोशीलाई २०७८ सालको वासु शशी साहित्य पुरस्कार प्रदान गरियो । दुबै पुरस्कारमा सम्मानपत्र र नगद पच्चिस हजार रहेको छ । सोही कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीलाई कुमार(सरस्वती साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के। के। कर्माचार्यले साहित्यकारहरु साकार, लेकाली, मोमिला र मधिकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा साहित्यिक पत्रिका ूशारदाूको ुवासु शशी स्मृति विशेषाङ्कुको विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कुलपति कर्माचार्य, अध्यक्ष रसिकसहित सम्मानित शैलेन्द्र साकार, पुरस्कृतहरु राधेश्याम लेकाली, मोमिला र ध्रुव मधिकर्मीले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम बैद्य र कुमार(सरस्वती साहित्य पुरस्कारकी सस्थापक श्रीमती सरस्वती जोशीको पनि उपस्थिति रहेको थियो । सम्मानित व्यक्तित्व साकार विगत पाँच दशकदेखि कविता, कथा सम्पादन लेखनमा सक्रिय छन, उनको एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् ।

विगत चार दशक बढी समयदेखि सक्रिय साहित्यकार लेकालीको कविता, मुक्तक र सम्पादनसहित डेढ दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन् । बितेको साढे तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील निबन्धकार मोमिलाको कविता, निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् ।

विगत साढे चार दशकदेखि सक्रिय साहित्यकार मधिकर्मीको कथा, लघुकथा, कविता, सम्पादन सहित एक दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन्। परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाले वरिष्ठ कवि एवं नाटककार वासु शशी र प्रा। डा। कुमारबहादुर जोशीको परिचय राखेका थिए भने प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु