कल्याणकारी कोषमा अभिनेत्री भुसालले गरिन् ३ लाख २० हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार
basundhara-bhusal

काठमाडौं । बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले ‘चलचित्रकर्मी कल्याणकारी कोष’ मा ३ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेकी छिन् । उनले अमेरिका भ्रमणका क्रममा जुटाएको उक्त रकम कोषमा सहयोग गरेकी हुन् । चलचित्र विकास बोर्डले सुरु गरेको कोषमा भुसाल संयोजकको भूमिकामा रहेकी छिन् । भुसालले उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल तथा सदस्य–सचिव महेन्द्रप्रसाद साँखीलाई हस्तान्तरण गरेकी हुन् ।

समस्यामा परेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधिउपचार गर्ने, आपतकालीन अवस्थामा सहयोग गर्ने तथा मृत्युपरान्त काजकिरियामा सहयोग गर्ने लगायतका उद्देश्यले कोषको स्थापना गरिएको हो । उक्त कोषमा हाल ४ करोडभन्दा धेरै रकम जम्मा भएको छ ।

६ महिनाअघि अमेरिका पुगेकी बसुन्धरा भुसालले त्यहाँ रहेका नेपालीहरूबाट प्राप्त भएको रकम कोषलाई हस्तान्तरण गरेकी हुन् । अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा महत, पूजा आर लामा, राजु लामा, सारांगा श्रेष्ठ, अरुणिमा लम्साल, दिलीप रायमाझी, रञ्जना शर्मा लगायतका कलाकारले कोषका लागि सहयोग गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु