‘झिलिमिली तिहार’ भन्दै आए बिबि अनुरागी र तुलसी क्षेत्री

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७७, सोमबार

पोखरा । गायिका तुलसी क्षेत्रीको देउसी भैलो गीत “झिलमिली तिहार” जि.सी.इन्टरटेन्मेट युट्युब च्यानल मार्फत मार्फत सार्वजनिक भएको छ । सबै खाले गीतमा उत्तिकै सक्रियता र दमदार ढङ्गले कलम‌ चलाउदै आएका लोकप्रिय गीतकार सुमन श्रापितको‌ शब्द रचना, धुन सम्राट बिबि अनुरागीको संगीत/संगीत संयोजन र तुलसी क्षेत्री र बिबि अनुरागीको स्वर रहेको छ ।

गीतमा आजभोलि र बिगतमा मनाइने तिहार र तिहारमा गाइने देउसी भैलो गीतको शैलीलाई तुलनात्मक रुपले उतार्न खोजिएको छ । सामान्यतया लेखिने देउसी भैलो गीत भन्दा केही फरक रचनामा त्यस्तै उत्कृष्ट संगीत र दमदार स्वरले गीत निकै उत्कृष्ट बनेको छ । प्रिज्म डिजिटल, काठमाडौं र स्टार डिजिटल, पोखरामा रेकर्ड भएको यस गीतको मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन ।


गीतको‌ जुन मर्म छ त्यो‌ मर्मलाई उत्तिकै न्याय गर्ने गरि भिडियो वनाइदिएको‌मा खुशी ब्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडियो युनिटलाई धन्यवाद ब्यक्त गरेकी छिन् । यस भिडियोको भिडियो निर्देशक बिबि अनुरागी र कोरियोग्राफर होम गुरुङ हुन भने छायांकन गणेश सापकोटाले गरेका हुन । भिडियोमा यस गीतका गीतकार, संगीतकार, गायक, गायिका स्वयमसङ्गै अधिकांश पोखरेली संगीतकर्मी, ब्यबसायी र समाजसेवीहरुका साथै मुख्य भूमिकामा मोडेल संगीता खाती, सुमिन श्रेष्ठ र नितु गुरुङको अभिनयको देख्न सकिन्छ । सुन्दर नगरी पोखरामा नै छायांकन गरिएको यस म्युजिक भिडियो इडिटिङ र कलरिङ सुवास अम्गाईले गरेका हुन ।

लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत संगीत र सिने जगतको गर्विलो नाम हो । समय सन्दर्भ अनुसारका गीत संगीत पस्कि रहने सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, बिछोड, बियोगसङ्गै तीज, दशैं तिहार बिशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् । यो गीतले उनलाई थप पहिचान दिनेमा उनी बिश्वस्त रहेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु