• को बन्ला ‘उत्कृष्ट पप गायिका’ ?

    म्यूजिक खबर
    प्रकाशित: ९ मंसिर २०७८, बिहीबार

    काठमाडौं । गायिकाहरु सिर्जना कार्की, रुची घिमिरे, टिका प्रसाईं, सहिमा श्रेष्ठ र स्मिता दाहाल बिच ‘उत्कृष्ट पप गायिका’ को प्रतिस्पर्धा हुने भएको छ । नवौं म्यूजिक खबर म्यूजिक अवार्ड – २०२१ ले सार्वजनिक गरेको पप गीत गायिकाको विधाको सुचिमा यी गायिकाहरुको नाम समावेस भएको हो ।

    सांगीतिक क्षेत्रका अत्यन्तै कुशल गायिकाका रुपमा ख्याती कमाएका गायिकाहरु निम्न गीतबाट मनोनयमा परेका हुन् ।
    सिर्जना कार्की -फक्रिन नसकेको फूल MKA 006
    रुचि घिमिरे -गालैको कोठी -MKA 007
    टीका प्रसाई -कहिलेसम्म -MKA 008
    सहिमा श्रेष्ठ -शिल्की कपाल -MKA 009
    स्मिता दाहाल -जालमै पार्छु -MKA 010

    मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।

    अवार्डमा विविध ४२ विधाका कलाकारहरुले अवार्ड उचाल्नेछन् ।

    भोटिङ गर्नको लागि MKA स्पेस दिएर आफ्नो भोटिङ कोड टाइप गरेर ३१००७ मा पठाउन सकिन्छ । अर्थात् प्रभु पे एप डाउनलोड गरि अर्थात ग्लोबल अनलाइन पे मार्फत आफूलाई मन परेको विधामा भोट गर्न सकिन्छ ।

     

    नवौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु