• ‘टलटल टल्कने ऐना’ : ‘सुनीरहुँ लाग्ने स्वर, हेरिरहुँ लाग्ने अभिनय’

    म्यूजिक खबर
    प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

    काठमाडौं । पछिल्लो समय सांगीतिक बजारमा लोक तथा दोहोरी गीतले राम्रो स्थान पाइरहेको बेला चर्चित लोकप्रिय गायिका देवी घर्ती मगरको स्वरमा ‘टलटल टल्कने ऐना” बोलको गीतको सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै गीतले राम्रो प्रतिक्रिया कमाउन सफल भएको छ ।

    उक्त गीतमा गायिका देवी घर्तीको हरपल सुनिरहुँ लाग्ने कर्णप्रीय स्वर रहेको छ । देवीलाई गायक क्षितिज सलामी मगरले साथ दिएका छन् । होमराज सुनारको उत्कृष्ट शब्द संगीत रहेको यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् ।

    गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा गीतका भाव सँगै कलाकार दुर्गेश थापा र अन्जली अधिकारीको दमदार अभिनय देख्न सकिन्छ । युट्युवमा अधिकांश प्रतिक्रियाहरु नियाल्दा गीतलाई रुचाइएको पाइएको छ ।
    भिडियोको निर्देशन चर्चित निर्देशक शिव बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने पदम सुवेदीले सम्पादन र मिलन बिकले कलर भरेका छन् ।
    भिडियोलाई गायिका देवी घर्ती मगरको अफिसियल युट्युब च्यानल “देवी घर्ती मगर” सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु