लागुऔषध प्रकरणः भारती र हर्षलाई १४ दिन हिरासतमा राख्न आदेश

म्यूजिक खबर
प्रकाशित: ८ मंसिर २०७७, सोमबार

ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो ।

भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ । दुबै जनाले जमानतका लागि निवेदन दिएका छन् । यसको सुनुवाई आज हुँदैछ । एनसीबीले १८ घन्टा सोधपुछ गरेपछि आइतबार हर्षलाई गिरफ्तार गरेको थियो ।

यस्तै, शनिबार साढे ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार एनसीबीले भारतीको अफिसमा छापा मार्दा ८६।५ ग्राम गाँजा बरामद गरेको थियो । उनले, पति हर्षको साथमा गाँजा लिने गरेको स्विकार गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु