भीमकला, टीका र कृष्ण गुरुङको कौडा गीत ‘गोरखा बजार’

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७७, शुक्रबार
Bhimkala Gurung-Tika Gurung

काठमाडौं । गायिका भीमकला गुरुङ र टीका गुरुङले यतिबेला कौडा गीत बजारमा ल्याएका छन् । गायिका भीमकला गुरुङको आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक भएको कौडा गीतमा गायिकाद्वय भीमकला र टीकाको साथमा गायक कृष्ण गुरुङको स्वर रहेको छ । भीमकला गुरुङ र कृष्ण गुरुङको संगीत रहेको छ भने गायिका टीका गुरुङले कौडा गीतको शब्द लेखेकी हुन् । यस गीतको संगीत संयोजन भने जुजु गुरुङको रहेको छ । यस गीतको सहगायनमा भने गायक बल बहादुर गुरुङ, राजकुमार गुरुङ र वीर बहादुर गुरुङले साथ दिएका छन् ।

कौडा गीत विशेषगरी गण्डकीको भेगमा गाइने लोकगीत हो । अझ गुरुङ समुदायमा यो गीतको महत्व उच्च रहेको छ । रोधी बस्ने प्रचलनसँगै गुरुङ समुदायमा कौडा गीत, चुट्का गीत, मारुनी, सालैजोको पनि उत्तिकै महत्व रहेको पाइन्छ । विशेषगरी गण्डकी क्षेत्रमा गाइने यो गीतले यतिबेला भने पूर्वपश्चिम सबै क्षेत्रमा वर्चश्व जमाएको छ । यसै गीतलाई लिएर आएका हुन् गायिका टीका र भीमकला गुरुङ । ‘गोरखा बजार’ गीतमा गोरखा र लमजुङ बीचको माया प्रितिलाई जोडिएको छ ।

Music Khabar
यस गीतको म्यूजिक भिडियोलाई दीप कोके गुरुङले निर्देशन एवं कोरियोग्राफ गरेका हुन् । पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुको नृत्य प्रस्तुति रहेको छ । मधुर बस्नेत र विजय लामाको छायाँकन रहेको छ भने पवित्रा गुरुङको श्रृङ्गार रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु