गायिका भीमकला र टीकाको नयाँ तीज गीत ‘माइतीबिनाको चेली’

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०८०, बुधबार
Bhimkala_Tika_Kusumkala Gurung

काठमाडौं । लोकप्रिय गायिकाद्वय भीमकला गुरुङ र टीका गुरुङको जोडीले तीज लक्षित गर्दै नयाँ मौलिक गीत सार्वजनिक गरेको छ । ‘माइतीबिनाको चेली’ गीत बजारमा आइसकेपछि चर्चा पनि सुरु भएको छ । चेली र माइतीको सम्बन्ध, बाबु आमाको अभाव गीतमा झल्किएको छ । वरिष्ठ गायक कृष्ण गुरुङको शब्द तथा संगीतमा तयार भएको गीत ‘माइतीबिनाको चेली’ मा गायिकाद्वय भीमकला र टीकालाई कुसुमकला गुरुङले स्वरमा साथ दिएकी छन् ।
‘माइतीबिनाको चेली’को संगीत संयोजन जुजु गुरुङको रहेको छ भने सागर बाजुरालीले रेकर्डिङको कार्य गरेका छन् । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतलाई खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

‘माइतीबिनाको चेली’ गीतको भिडियोमा लक्ष्मी गुरुङ, इशा गुरुङ र रसिता गुरुङको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रकाश भट्टको रहेको छ भने दुर्गा पौडेलको छायाँकन रहेको छ । प्रशान्त मगरको कोरियोग्राफी रहेको गीतको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोको पोष्ट प्रोडक्सनको काम साइभिजनले गरेको हो भने भिडियो भीमकला गुरुङको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु