• अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्दै

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७८, बुधबार

    काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको छ ।

    अध्यक्ष स्वागत नेपालद्वारा आज सार्वजनिक विज्ञप्ति अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केसीलाई मेयरमा उठाउने निर्णय गरेको हो । सार्वजनिक विज्ञप्ति अनुसार उपमेयरमा रेश्मा लामालाई उठाउने निर्णय गरिएको छ ।

    केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने पार्टीको विश्वास रहेको सार्वजनि विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु