‘बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार

काठमाडौं । बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको ‘बिहे पास’ को टिजर बुधबार सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब साढे १ मिनेट लामो टिजर बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

फस्र्टलुक पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको ‘बिहे पास’ को टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको कुरा बुझीन्छ ।

टिजरमा आम नेपालीको चासो र चाहनाको बिषय समेटिएकाले पनि दर्शकले यो फिल्मप्रति निकै आश राखेको पाइन्छ ।

प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

आरआर फिल्म प्रोडक्शनको निर्माण र बितरण रहेको फिल्म पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो ।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्मलाई निर्माण पक्षले नयाँ बर्ष २०८० को दर्शकलाई उपहार स्वरुप बैशाख १ गते प्रदर्शन गर्न लागेको बताउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु