• बिमलराजले ल्याए जिवन जिऊने तरिका सिकाउने गीत – ‘बैंकभरि धन’

    म्यूजिक खबर
    प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

    काठमाडौं । लोकप्रिय गायक तथा सर्जक बिमलराज क्षेत्रीले यथार्थपरक धारको ‘बैंकभरि धन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । लोक शैलीमा तयार गीतमा शब्द, संगीत स्वर विमलराज क्षेत्रीकै छ । गीतको एरेन्ज लच्क्षु प्रकाश मल्लले गरेका हुन् । गीतले जिवन जिउने कला सिकाएको छ ।

    गीतको भिडियोमा गायक क्षेत्रीका अलवा लेखराज आचार्यको पनि अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाइको छायाङ्कन र मीन रावलको सम्पादन छ । ‘सिंगल सट’ मा भिडियो तयार पारिएको हो ।

    गीतले मन परेको खान पाइने, जाहँनी जान पाइने, रोग व्यथा नभएसी दबाइ नि नचाहिने, धन पैसा नभए नि दैव दाइना भएको आनन्द सबैभन्दा ठुलो खुसी भएको भनेको छ । गीत मार्फत गायकले धनको तिर्खा कहिल्यै नमेटिन र वास्तविक सुख धन नहुँदा हुने बुझाउन खोजेका छन् ।

    बिमलराज क्षेत्री युट्युब च्यानल मार्फत गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै युट्युबको कमेन्ट बक्समा बिमलसँगै गीतको तारिफ गरिएको छ । अधिकांश कमेन्टमा यर्थाथ परक गीत र जीवन जिउन सिकाउने कला भएको गीत भन्दै तारिफ गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु