‘हजार जुनी’ मा बिनासँग बिनायक

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७९, बुधबार

३ पुस, काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय मोडल बिना राउत र बिनायक राज पोखरेल अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘हजार जुनी’ बोलको गीतमा तेजवती जोशीको स्वर रहेको छ । कुमार मिश्रको शब्द तथा टेकेन्द्र नेपालीको संगीत रहेको गीतलाई शाहस शाक्यले संगीत संयोजन गरेका हुन् । अकस्टिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् भने गीतारमा सन्जीव बराइलीले काम गरेका हुन् ।

नारायण मगरको निर्देशन रहेको उक्त भिडियोमा राजेश ओडाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा एक प्रेमीकाले आफूले रोजेको प्रेमी पाए हजार जुनी नै काट्न सहज हुने भाव प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा बिनासँगै बिनायक पनि निकै आकर्षक देखिएका छन् ।

बिनायक मिस्टर आइकन २०१९ का विजेता समेत हुन् । उनले यो क्षेत्रमा लगाव र निरन्तरता दिए सम्भावना रहेको मोडलको रुपमा पनि उभ्याएका छन् ।
म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन , सन्जय अधिकारीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु