• १४ औं विन्ध्यवासिनी म्यूजिक अवार्डमा मिरा राणालाई लाइफटाइम, रामचन्द्र र जुना श्रीष उत्कृष्ट गायक गायिका

    म्यूजिक खबर
    प्रकाशित: २ चैत्र २०८०, शुक्रबार
    bindabasini music award

    काठमाडौं । विन्ध्यवासिनी म्यूजिक अवार्डको १४ संस्करणमा प्रतिष्ठित गायिका मिरा राणालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित भएको कार्यक्रममा गायिका राणालाई नगद राशि एक लाख रुपैयाँसहित सम्मान अर्पण गरिएको थियो । मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा आयोजना रमपम १४ औं विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८० मा गायक रामचन्द्र चन्द र गायिका जुना श्रीष मगर उत्कृष्ट लोकदोहोरी गायक गायिका घोषित भए । गायक चन्दले घाँटी रेट्नलाई बोलको गीतबाट अवार्ड चुमेका थिए भने गायिका श्रीषले पानी खोलीको गीतबाट अवार्ड चुम्न सफल भएकी थिइन् ।
    त्यसैगरी अवार्डमा वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई नगद राशित ५० हजारसहित संगीत साधना सम्मान प्रदान गरिएको थियो । गायक रुपक डोटेललाई प्रेमध्वज संगीतरत्न सम्मान प्रदान गरिएको थियो भने लोकसम्राट राजु परियारलाई झलकमान लोक संगीत सम्मान प्रदान गरिएको थियो । त्यसैगरी वरिष्ठ पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो । उक्त सम्मानको राशी २५ हजार रुपैयाँ रहेको थियो । गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपैयाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मान प्रदान गरिएको थियो ।
    राष्ट्रियगानबाट सुरु भएको कार्यक्रममा वाद्यवादन समूहले सांगीतिक धूनसहित कार्यक्रमको प्रारम्भ गरेका थिए । विन्ध्यवासिनी म्यूजिककी अध्यक्ष लीना शर्मा रेग्मीले स्वागत मन्तव्य दिँदै अग्रजदेखि अनुज स्रष्टा सर्जकको सम्मान र प्रोत्साहनमा निरन्तर विन्ध्यवासिनी म्यूजिक समर्पित रहेको बताएकी थिइन् ।
    कार्यक्रममा गायक शिरीष देवकोटा, गायिका देवी घर्ती, गायिका सुनिता बुढा क्षेत्रीले लोकदोहोरी प्रस्तुति दिएका थिए । गायिका बेनिशा पौडेलले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने गायिका मिरा राणालाई ट्रिब्यूट गर्दै गीत प्रस्तुत गरेकी थिइन् गायक सुमन कुमार श्रेष्ठले सम्मानित संगीतकार भूपेन्द्र रायमाझीलाई ट्रिब्यूट गर्दै गीत प्रस्तुत गरेका थिए । त्यस्तै गायिका समिक्षा अधिकारी, गायक राजु परियार, गायक रुपक डोटेलले सांगीतिक प्रस्तुति प्रदान गरेका थिए । त्यस्तै अभिनेता पल शाह, कोरियोग्राफर काजिस श्रेष्ठ, मौसम हिमाली र मोडल विजय पुनको समूहले नृत्य प्रस्तुति दिएका थिए । कार्यक्रमको संचालन पूर्व मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् ।

    अवार्ड प्राप्त गर्नेहरुको विवरण निम्नानुसार रहेको छ ।
    सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)
    नभए यदि भर — राधिका अधिकारी
    महिला गीतकार सुगम संगीत जुरी अवार्ड
    एक चिम्टी सिन्दुर — सविता पोखरेल
    सर्बोत्कृष्ट गीत
    जालि माया — विष्णु भण्डारी
    सर्बोत्कृष्ट गायन सुगम संगीत (पुरुष)
    प्रेमको प्रस्ताव — निशान भट्टराई
    सर्बोत्कृष्ट गायन सुगम संगीत (महिला)
    तिम्रो यादैमा — काब्य आचार्य
    सर्बोत्कृष्ट गायन सुगम संगीत (महिला) जुरी अवार्ड
    एकोहोरो माया – बेनिशा पौडेल
    सर्बोत्कृष्ट संगीत (सुगम संगीत)
    जान्दिन हे प्रियतम — वि.वि.अनुरागी
    सर्बोत्कृष्ट रचना (सुगम संगीत)
    संगसंगै बाचौला — सत्यराज चौलागाई
    सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन)
    सुदिप सागर — सकम्बरी
    सर्बोत्कृष्ट पप गायन
    टंक तिमिल्सिना — मेरी चम्पा
    सर्बोत्कृष्ट युगल गायन
    रमेश राज भट्टराई र रचना रिमाल — बिदाई (भन साइला २)
    सर्बोत्कृष्ट लोक दोहोरी गायक
    रामचन्द्र चन्द — घाटि रेट्नेलाई
    सर्बोत्कृष्ट लोक दोहोरी गायिका
    जुना श्रीष मगर— पानी खोलीको
    लोक दोहोरी गायिका जुरी अवार्ड
    समिक्षा अधिकारी – पोखरा बगरमा
    सर्बोत्कृष्ट लोक दोहोरी भाका
    रमेश परियार— वनमा खयर
    सर्बोत्कृष्ट लोक दोहोरी गीत
    कृष्ण भारद्धाज — डम्बर कुमारी
    सर्बोत्कृष्ट मोडल जोडि पप तथा आधुनिक भिडियो
    पत्थरको मुटु २ — विजय पुन र गीता ढुंगाना
    सर्बोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत
    बाबुराम श्रेष्ठ– वीर नेपाली सेना
    सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशन लोक दोहोरी
    मौसम हिमाली — रिमै
    म्युजिक भिडियो निर्देशन लोक दोहोरी जुरी अवार्ड
    काजिश श्रेष्ठ – तिमी र म जाम माया
    सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम संगीत
    शिशिर खाती – जुम्ला
    सर्बोत्कृष्ट छायाँकार म्युजिक भिडियो
    नवराज उप्रेती — सकम्बरी
    सर्बोत्कृष्ट सम्पादन म्युजिक भिडियो
    मनोज कार्की — जुम्ला
    सम्पादन म्युजिक भिडियो जुरी अवार्ड
    दिपक विष्ट — तिमी र म जाम माया
    सर्बोत्कृष्ट नवप्रतिभा दोहोरी
    डोलराज परियार — कमली
    सर्बोत्कृष्ट नवप्रतिभा पप तथा आधुनिक
    चेतन गोतामे – को आफ्नो हो को पराई
    सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल लोक तथा दोहोरी
    अनु पराजुली र दिक्पाल कार्की — ओ राजै
    म्यूजिक भिडियो मोडल लोक तथा दोहोरी जुरी अवार्ड
    संचिता शाही — मायाले फसायो
    म्यूजिक भिडियो मोडल लोक तथा दोहोरी पब्लिक च्वाइस अवार्ड
    एलिना रायमाझी– फुलमा रस छ की
    बेष्ट पपुलर अवार्ड म्यूजिक भिडियो मोडल
    पल शाह — तिमी र म जाम माया
    बिन्ध्यवासिनी अन्र्तराष्ट्रिय संगीतकर्मी सम्मान
    दिपक अर्याल — जापान


    Photo: Badri Thapa

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु