चलचित्र ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार

काठमाडौं । चलचित्र ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमा जेठ ३ मा रिलिज हुँदैछ।

सिनेमाको सार्वजनिक ट्रेलरमा प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।‘विर विक्रम २’मा पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसने र बुद्धि तामाङ आदिको मुख्य भूमिका रहेको छ।

मिलन चाम्स सिनेमाका निर्देशक हुन्।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ।

‘बीर विक्रम २’ विल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो हिट सिनेमा ‘बीर विक्रम’को सिक्वेल नभएको निर्माण पक्षले बताएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु