किन भनिन् विष्णु माझीले जन्मकैद “जेल चलान” गरिदेउ मलाई ? भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७५, सोमबार
वियोगान्त गीतहरु बजारमा कम मात्रामा लोकदोहोरी क्षेत्रमा आइरहेको अवस्थामा वियोगान्त भावका शब्दहरुलाई समेटेर मेसना डिजिटल प्रालीको प्रस्तुतीमा गायिका विष्णु माझी र विक्रम क्षेत्रीको आवाजमा रहेको गीत “जेल चलान” गीतको भिडियो बजारमा आएको छ ।
आफनी प्रेमिकाबाट विछोडिनु पर्दाको कारुर्णिक अवस्थालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । मायाको अभावबाट नै गायिका विष्णु माझी प्रेमी प्रति असन्तुष्ट भएकी छन । विक्रम थापाको शब्द सिर्जना तथा महेन्द्र भण्डारीको लय सिर्जना गीतमा रहेको छ । आफनो चोखो माया अपराध भएको खण्डमा अपराध सम्झेर मायाको अगाडी जेल चलान गरिदिनको लागी आग्रह गरिएको छ ।
अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा छ । “जेल चलान” गीतमा अञ्जली अधिकारी र विमल क्षेत्रीको अभिनय रहेको छ ।
  
  भिडियो
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु