• बिष्णु माझीको ‘चरी जेलैमा’ ले तोड्यो ‘ए मेरो हजुर ३’ को गीत ‘परान’ को रेकर्ड

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७८, बिहीबार
    बिष्णु माझीको ‘चरी जेलैमा’

    काठमाडौं । सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ ले युट्युबमा रेकर्ड राख्न सफल भएको छ । २४ घण्टा नपुग्दै भन्दा ११ लाख ४३ हजार बढी भ्युज पाएर यो गीतले २४ घण्टामा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड बनाएको हो । यसअघि उक्त रेकर्ड फिल्म ‘ए मेरो हजुर–३’ को गीत परान ले राखेको थियो । परानले २४ घण्टामा १० लाख २५ हजार बढी भ्युज पाएको थियो ।

    चर्चित लोक गायिका बिष्णु माझीको नयाँ तिज गीत ‘चरी जेलैमा’ युट्युवमा सार्वजनिक भएको एक साता नपुग्दै झण्डै ४० लाख भ्यूज पाएको छ।

    एक सातामा ५० लाख भन्दा बढी भ्युज प्राप्त भएको छ । गीतमा तीजमा समेत माइत जान नपाएकी चेलीको पीडा व्यक्त गरिएको छ । श्रीमानको घरलाई ‘जेल’को संज्ञा दिँदै गीत अघि बढाइएको छ ।

    तीज गीतमा मौलिकता हराउन थालेको बेलामा गायिका बिष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द सङ्गीत रहेको यो गीतले मौलिक तीज गीतको प्रतिनिधित्व गरेको छ । गीतमा बिष्णुको स्वर संगै महिमा आचार्यले कोरसमा साथ दिएकी छन् ।

    भिडियोमा ललिता पौडेलको अभिनय रहेको छ । शिव विकको कोरियोग्राफी रहेको भिडियो शम्भु चालिसेले खिचेको हुन भने सुजन शाहीले सम्पादन गरेका हुन् । निर्माण सपना म्युजिक इन्डस्ट्रिजले गरेको हो भने निर्देशन भने स्वयम् सुन्दरमणि अधिकारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु