काठमाडौँ । आजकल मानिसहरू म्युजिक भिडियोप्रति आकर्षित हुँदै गइरहेका छन् । सँगसँगै म्युजिक भिडियो मेकिङमा पनि परिवर्तन आएको छ । यहि क्रममा फरक शैली अपनाउँदै ‘धोकेबाज’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक लगतै गीतको भिडियोले युट्युबको ट्रेन्डिङको यात्रा थालेको छ । २ दिन अगाडि (साउन ३) मा सार्वजनिक भएको यो गीतको भिडियो अहिले संगीततर्फबाट युट्युब ट्रेन्डिङको १७ औं स्थानमा रहेको छ । ट्रेण्डिङको यात्रा उकालो लागि रहेको छ ।
गीतमा लोकप्रिय गायक शिव परियार र गायिका समिक्षा अधिकारीको स्वर सुन्न पाइन्छ । रबिन लामिछानेको शब्द, युबराज मगरको संगीत रहेको गीतलाई एचबिएन किस्मतले एरेन्जका साथै मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा ओबी रायमाझी र आश्मा बिश्वकर्माको फिचर्ड छन् । मानकृष्ण महर्जनको छायांकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । यसरी हेर्दा आ–आफ्नो विधामा खारिएका नामहरु जोडिएका छन् गीतमा ।
प्रेममा धोका पाएपछि रुने होइन सेलिब्रेसन गरिनुपर्छ भन्ने विषयवस्तु प्रस्तुत गरिएको छ । गीतको भिडियो युवराज मगर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
र, गीतको भिडियोले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ । भिडियोको चर्चासँगै आलोचना पनि सुरु भएको छ । गीतको अडियो एकातिर, भिडियो अर्कोतिर बगेको आरोप लगाईएको छ । अडियो र भिडियोबीच तालमेल नभएको भनिएको छ । भिडियोमा नमिल्दो कोरियोग्राफी, लिप्सिङ र अनावश्यक भल्गर दृश्य भन्दै भिडियो विवादमा मुछिएको छ । युट्युबकै कमेन्ट बक्समा पनि दुई खाले प्रतिक्रिया आएका छन् । कतिपयले लोकप्रिय गायक शिव परियारको लामो करिअरलाई नै धक्का पू¥याउने गीत भनेका छन् । अधिकांशले भिडियोका कारण शिव परियार र समिक्षा अधिकारीको स्वर कर्णप्रिय हुँदाहुँदै पनि फिक्का गराइदिएको भनेका छन् ।